हेर्नुस!!! प्रहरीले अपहरण गरी फिरौती असुल्ने तीन भारतीयलाई पक्राउ

npnews | 08:13 | 0 comments

भारतीयलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतको सीतामढी बेलाथाना खैरबाका जबाहर मंसुरी, मोइम मंसुरी र सबिर मंसुरीलाई पक्राउ गरीएको प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले बताउनुभयो । जेठ १० गते महोत्तरीको सुनौल–९ बाट यादवलाई अपरहण गरी पाँच लाख रुपैयाँ फिरौती लिएर जेठ १३ गते अपहरण मुक्त गरेको प्रहरीले जनाएको छ । अपहरणको अभियोगमा पक्राउ परेका तीन जनाको सम्बन्धमा अनुसन्धान भइरहेको र संलग्न अन्य नौ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक खरेलले बताउनुभयो । नेपाल भारतको सीमा नाका भिठ्ठामोडबाट दुई दिनअघि नै तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक विगन यादवले बताउनुभयो । पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जेठ १० गते महोत्तरीको सुनौल–९ बाट यादवलाई अपरहण गरी पाँच लाख रुपैयाँ फिरौती लिएर जेठ १३ गते अपहरण मुक्त गरेको प्रहरीले जनाएको छ । अपहरणको अभियोगमा पक्राउ परेका तीन जनाको सम्बन्धमा अनुसन्धान भइरहेको र संलग्न अन्य नौ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक खरेलले बताउनुभयो पुरा खबर हेर्नुस।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments