चारधाममा कति दर्शनार्थी अलपत्र परेका छन् हुनुहोस् !
नेपाली तीर्थयात्रीहरु गएको बेला केही नभएको ठाउँ फर्किंदा बाढी र पहिरोले ध्वस्त भएपछि तीर्थयात्री त्रासमा हुनुहोस् !
६ असार, भारतको प्रसिद्ध तीर्थस्थल चारधाममा हरेक वर्ष हजारौं तीर्थयात्रीको घुईंचो लाग्छ । नेपालबाट समेत हजारौं दर्शनार्थी त्यहाँ पुग्ने गर्छन । अहिले चारधामको तीर्थ गरेर र्फकने सिजन हो । यसवर्ष वर्षा चाँडै भएकाले तीर्थ गरेर फर्केका हजारौं दर्शनार्थी अलपत्र परेका छन् । बाढी पहिरोले केहीको ज्यान समेत गएको छ । अहिले बदि्रनाथ र केदारनाथ आसपासमा झण्डै ६० हजार भारतीय र नेपाली तीर्थयात्री रहेका अनुमान गरिएको छ । गएको बेला केही नभएको ठाउँ फर्किंदा बाढी र पहिरोले ध्वस्त भएपछि तीर्थयात्री त्रासमा छन् ।
अड्कल गरेर लगको पैसा सकिएपछि झन् बढी समस्या भएको छ । ‘बाढीले भागाभाग हुँदा को कहाँ पुग्यो भन्ने नै थाहा हुन सकेको छैन’ तीर्थ गएका आफन्त सम्पर्कबिहीन भएपछि चिन्तित बनेका भक्तपुरका दशरथ अर्यालले बताउनुभयो । भक्तपुरबाट गएका मात्रै सयभन्दा बढी अलपत्र परेका उहाँले बताउनुभयो । अरु जिल्लाबाट समेत गरी चारसय भन्दा बढी तीर्थयात्री सम्पर्कबिहीन भएको अनुमान गरिएको छ । तर सरकारले भने झण्डै साढे दुईसय नेपाली मात्र अलपत्र परेको खबर आएको जनाएको छ ।
‘साढे दुईसय नेपाली अलपत्र परेको भन्ने जानकारी आएको छ’ परराष्ट्रमन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भन्नुभयो-’उनीहरुको उद्दारको लागि कुटनीतिक पहल थालिएको छ ।’ भारतस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयसँग सम्पर्क गरी आवश्यक काम गरिरहेको उहाँले बताउनुभयो ।
Category: News
0 comments