पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई कति दिए राहत हेर्नुस !!!
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नै बुहारी हिमानीले सञ्चालन गर्दै आइरहेको 'हिमानी ट्रष्ट' मार्फत बाढी तथा पहिरो पीडितहरुलाई रु २५ लाख सहयोग गर्ने भएका छन्।
सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितहरुलाई पूर्वराजा तथा उनका परिवारका सदस्यहरुले सो रकम सहयोग गर्न लागिएको उनका सहयोगी फणिराज पाठकले जानकारी दिए। साथै पूर्वराजाले पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्ने आहृवान गरेका छन्।
मध्य तराईका जिल्लाहरुको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज पर्साको विश्रामपुरस्थित हनुमान मन्दिरमा पूजाअर्चना गरेका थिए। त्यस क्रममा पूर्व राजालाई समर्थक तथा शुभचिन्तकहरुले भब्य स्वागत गरेका थिए,भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नु होला ।
Category: News
0 comments