प्रकाश दाहालले आफूलाई स्वतन्त्रतापूर्वक बाँच्न गर्न दिइयोस् भन्ने माग

npnews | 02:39 | 1 comments

२२ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालले आफूलाई स्वतन्त्रतापूर्वक बाँच्न र राष्ट्रप्रति जिम्मेवारीपूर्वक काम गर्न दिइयोस् भन्ने माग मिडियासँग गरेका छन् । ’अब अहिले म जे छु, ठीक छु र जति गरिरहेको छु राम्रो गरिरहेको छु’ भन्दै उनले अरुको चरित्रहत्या गर्ने मिडियालाई अविलम्ब कारवाही दायरामा ल्याउन सरकारसँग अनुरोधसमेत गरेका छन् ।
दाहालले आफ्नो फेसबुक स्टाटसमा देखेका छन्-’मिडिया हट न्युज बनाई अरुको चरित्रहत्या गर्ने त्यस्ता मिडियालाई गम्भीर भई कलम चलाउन अनुरोध गर्दछु । र, सरकारलाई यस्ता अरुको चरित्रहत्या गर्ने मिडियालाई अविलम्ब कारवाहीको दायरामा ल्याउन विशेष अनुरोध गर्दछु ।’
मंगलबार प्रकाशित एउटा साप्ताहिक पत्रिका र केही साइटले समेत प्रचण्डपुत्र प्रकाशलाई नायिका रेखा थापासँग जोडेर चारित्रिक विषयमा समाचार लेखेपछि दाहालले यस्तो फेसबुक स्टाटस लेखेका हुन् । दाहालको स्टाटसमा पत्रकार कृष्णज्वालाको कमेन्ट छ- ‘विज्ञप्ति हो कि पोष्ट हो ?’
यसैवीच नायिका थापाले पनि मंगलबार आफू र प्रकाशलाई जोडेर समाचार लेख्ने साप्ताहिक पत्रिकाका सम्पादकलाई महिलामाथि अन्याय नगर्न र ऐनामा आफ्नो अनुहार हेर्न फेसबुकमार्फत् आग्रह गरेकी छन् ।
तल हेर्नुस !!!रेखा थापा र प्रकाश दाहालले साप्ताहिक पत्रिकाका सम्पादकलाई के भने 




Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

1 comment:

  1. prakash dahal ji ko yo post malai ni thik lagyo, sabai patrakar sathi harulai ta vanna chaha dina, tara nepal ma kei patrakar yasta chan, jaslai patrakaritako artha nai tha hudaena ra jatha vabi rup ma saya tathya tha napai, chapne garchan , yasta patrakar lai karbahi hunu parcha.

    ReplyDelete