खुकुरी प्रहारबाट खोटाङमा एक युवा गम्भीर घाईते

Tika | 17:03 | 0 comments


खोटाङ,बैशाख २५ । सामुहिक खुकुरी प्रहारबाट खोटाङमा एक युवा गम्भीर घाईते भएका छन् । आपसी बिवादपछि याम्खा–२ का पर्शुराम बिष्ट, बौवा बस्नेत, कृष्ण बिष्ट र राजकुमार बस्नेतको खुकुरी प्रहारबाट याम्खा–१ का ३५ वर्षीय टिकाराम खत्री गम्भीर घाईते हुनुभएको हो ।

 मादक पदार्थ सेवन गरी उनीहरुले बाटो ढुकेर खत्रीलाई मंगलबारराती खुकुरीसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउको, गाला र शरीरका बिभिन्न भागमा चोट लागेका खत्रीलाई उपचारकालागि बुधबार हेलीकोप्टरमार्फत काठमाडौं लगिएको छ । 
आक्रमणमा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments