बैतडीमा बम विष्फोट हुँदा एक बालकको मृत्यु, एक घाइते

Tika | 11:44 | 0 comments

२१ बैशाख, बैतडी । बैतडी बासुलेन वाडा २ गनी गाउँमा बम विस्फोट हुँदा एक बालको मृत्यु भएको छ । विस्फोटनमा अर्का बालक घाइते भएका छन्। मृत्यु हुनेमा कृष्णसिंह विष्टका ११ वर्षीय छोरा ईश्‍वर विष्ट रहेको प्रहरीले जनाएको छ। त्यस्तै घाइते हुनेमा जयबहादुर विष्टका ६ वर्षीय छोरा दीपक विष्ट छन्। पौने पाँच बजेतिर घरबाट करिब पचास मिटर टाढा पड्किएको उक्त बम सकेट बम रहेको प्रहरीले अनुमान गरेको छ। गत वर्ष पनि सोही ठाउँमा बम विष्फोट हुँदा तीन जनाले ज्यान गुमाएको थियो।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments