जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको नवजात शिशु जिवितै(फोटोफिचर र भिडियो सहित)

npnews | 07:10 | 0 comments

चिनमा एउटा कठोर मन भएको आमा जसले जन्मने वित्तिकैको शिशुलाई ट्वाइलेटमा फालेकी छन् । जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको उक्त नवजात शिशुलाई पाइप भित्रबाट जिवितै उद्दार गरिएको छ । अज्ञात महिलाले बच्चा जन्माएर ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ । तर ठूलो आकारको भएकाले पाइपको जोर्नीमा त्यो बच्चा अड्कियो र पानी सबै तल झरेकाले उसले सास फेर्न सक्यो । बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र रहेको चिनको सरकारी संचार माध्यमले जनाएको छ । चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय घरमा शनिवार यो घटना भएको हो । उक्त घरकै बासिन्दाले ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे । त्यसपछि उद्दार अधिकारीहरु त्यहाँ आए । उद्दारकर्मीले निकै होसियारी पुर्वक त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए । अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो । त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई जन्माएर फाल्ने आमाको खोजी भैरहेको बताइएको छ । उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments