Home �
News
� क्यान्सर ठिक भएको खबरले रोइन् मनिषा
npnews |
18:17 |
0
comments
यिका मनिषा कोइराला क्यान्सर रोगबाट पूर्ण रुपमा ठिक भएकी छिन् । मनिषालाई वुधबार डाक्टरले रोग पूर्ण रुपमा निको भएको जानकारी दिएका थिए । खबर सुनेलगतै मनिषाले आफ्नो आखाबाट आशु झरेको बताएकी छिन् ।फेसबुकमा आफू पूर्ण रुपमा निको भएको जानकारी गराउँदै मनिषाले लेखेकी छिन्, ‘मेरो आखाबाट यो कुरा सुनेर आशु आयो । अब म पूर्ण रुपमा ठिक छु । मलाई पहिलाको जस्तै स्वस्थ हुन अझै केही समय लाग्ने छ । आफ्नो प्रार्थनाले म ठिक भएको छु भने त्यो दिन पनि छिट्टै आउनेछ जब म पहिलाको जस्तै स्वस्थ हुनेछु ।’ ५ महिना अघि एक्कासी बिरामी भएपछि मनिषालाई मुम्बइको जसलोक अस्पतलामा भर्ना गरिएको थियो । अस्पतालले पाठेघरमा क्यान्सर भएको पत्ता लगाएपछि उनलाई न्यूयोर्कमा राखेर उपचार गराइएको थियो ।
Category:
News
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments