सुधार केन्द्रबाट फर्किए पारस

Tika | 02:21 | 0 comments

१९ वैशाख, काठमाण्डौं । एक महिनाको बसाईपछि पूर्व युवराज पारस शाह सुधारगृहबाट बैंकक फर्किएका छन् । समितिभेज अस्पतालमा उपचारपछि पारसलाई बैंककबाट ७ किलोमिटर टाढा रहेको च्यान्चाई सुधार केन्द्रमा राखिएको थियो । स्रोतका अनुसार पारसलाई अहिले समितिभेज अस्पतालनजिकै अस्थायी अपार्टमेन्टमा राखिएको छ । अहिले उनलाई अस्पतालका डाक्टरहरुले नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिरहेका छन् । सुधार केन्द्रको बसाईपछि पारसको दैनिक जीवनमा केही परिवर्तन आएको छ । अहिले उनको स्वास्थ्यमा पनि सुधार आएको छ ।
एनआरएन बैंकका महासचिव सुनील खड्काले पनि पारस बैंकक फर्किएको पुष्टि गरे । ‘उहाँ पुनः बैंकक र्फकनुभएको छ, यतिखेर उहाँ डाक्टरहरुको नियमित स्वास्थ्य परीक्षणमा रहनुभएको छ,’ महासचिव खड्काले भने । पारस डेढ महिनापछि स्वदेश र्फकने कार्यक्रम रहेको नयाँ पत्रिकामा खबर छ । उनलाई लिन पूर्वयुवराज्ञी हिमानी पुनः बैंकक जाने भएकी छन् । गत फागुन ८ गते अकस्मात हृदयघात भएपछि पारसलाई समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments