उत्तेजक दृश्य राख्न छोराले बाबुलाई भनेकै हुन् त ?

npnews | 08:58 | 0 comments


असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फेरबर’ चर्चामा छ । चलचित्रमा समावेश केही दृश्य र गीतका कारण यो सिनेमाले चर्चा पाएको हो । चलचित्रमा गजित बिष्ट, निरज बराल र सुमिना घिमिरे मुख्य भूमिकामा देखिएका छन् । चलचित्रमा नायिका घिमिरेले दिएको केही उत्तेजक दृश्यका कारण दर्शकले विभिन्न अड्कल पनि काटेका छन् । लामो समयदेखि कलाको क्षेत्रमा सक्रिय निर्देशक शंकर आचार्यले अश्लिल दृश्य नै बेच्न खोजेको आरोप पनि धेरैले लगाएका छन् ।
तर निर्देशक आचार्यले भने आफूले छोरा राज आचार्यसँग सल्लाहा गरेरै सिनेमा निर्माण गरेको बताएका छन् । उनले भने, ‘मेरो परिवारसँग धेरै पटक सल्लाहा गरेर हामी छायांकनमा गएका हौ । अब तपाई आफै नै भन्नुहोस्, परिवारसँग बसेर तयार भएको सिनेमा पारिवारिक हुन्छ कि अश्लिल ?’
यता ‘तितो सत्य’बाट बालकलाकारको रुपमा परिचित राजले पनि चलचित्रको बिषयवस्तुका बारेमा आफूले पनि धेरै सल्लाहा गरेको भन्दै ‘लभ फरेबर’ पारिवारिक सिनेमा भएको दाबी गरे । उनले युवापुस्तालाई लक्षित गरिएपनि सिनेमाले अश्लिलता नबेचेको बताए ।
निर्देशक आचार्यले ‘लभ फरेबर’ सिनेमामा अभिनय गर्ने कलाकारहरुकै लागि अहिलेसम्मकै उत्कृष्ट चलचित्र रहेको बताए ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments