कोलम्बियामा छ दशक लामो संघर्ष शान्ति वार्ताबाटै समाधान हुने आशा
यो सहमतिले ग्रामिण क्षेत्रमा आर्थिक र सामाजिक विकास र गरिब किसानलाई जमिन उपलब्ध गराउने बाटो खुल्ने बताइएको छ । सहमतिपछि भूमि बैंक, युद्धका क्रममा गैरकानूनी रुपमा कब्जामा लिएका जमिन पुनर्वर्गीकरणका लागि मार्ग खुलेको बताइएको छ ।
कोलम्बियामा फार्क विद्रोहीले पाँच दशकदेखि शुरु गरेको सशस्त्र विद्रोह अन्त्यमा भूमि सुुधार मुख्य मुद्दा बन्दै आएको थियो । सन् १९६० को दशकदेखि फार्कले शुरु गरेको सशस्त्र विद्रोहमा ६ लाख मानिस मारिइसकेका छन् भने ३० लाख मानिस विस्थापित भएको अनुमान छ ।
Category: News
0 comments