आगालागी पिडितलाई देखेर रोइन नम्रता
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला !
नायिका नम्रता सापकोटा, अशिष्मा नकर्मी, निर्माता जीवनसाथी बस्नेत, निर्देशक दिपा बस्नेत, कलाकार मानव सुवेदी लगायतको टोलीेले आगालागी पिडितलाई भेटेर लत्ताकपडा र खाद्य सामाग्री वितरण गरेको थियो । चैत्र २८ गते विजुली सर्ट भएर आगालागी हुँदा स्थानिय केही घरहरु जलेर नष्ट भएका थिए । ‘अन्तराल’ युनिटको सहयोगले आगालागी पिडितहरु खुशी देखिएका थिए । उनीहरुले सिनेमाका सम्पुर्ण युनिटलाई धन्यबाद दिदै सफलताको शुभकामना पनि दिएका थिए ।
आगालागी पिडितको अवस्था देखेर नायिका नम्रता सापकोटा रोएकी थिइन् । उनले काठमाण्डौ फर्केर अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाइन् । जेगतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले युवापुस्ताको कथावस्तुलाई उठान गरेको छ । चलचित्रको युनिट एकसाता लामो देशदौडाहा सकेर शुक्रबार काठमाण्डौ र्फकदै छ ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला !
-->
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला !
Category: Enews
0 comments