काठमाडौंको मातातीर्थमा दिवंगत आमाको स्मरणमा श्राद्ध गर्नेहरुको भीड

Tika | 01:42 | 0 comments

काठमाडौं, वैशाख २६ । आज आमाको मुख हेर्ने पर्व । अर्थात् मातातीर्थ औसी । आमालाई मीठा मीठा खानेकुरा खान दिने र राम्रा राम्रा कुरा लगाउन दिएर आज आमाप्रति श्रद्धा व्यक्त गरिन्छ । आमाप्रति सम्मान प्रकट गर्न यस पर्वलाई मातृ दिवसका रुपमा मनाउने पनि गरिन्छ ।

आमा जिवित नभएका छोराछोरीहरुले दिवंगत आमाको नाममा ब्राह्मणलाई सिदा र जलदान दिने परम्परा पनि छ । आजका दिन काठमाडौंको मातातीर्थमा दिवंगत आमाको स्मरणमा श्राद्ध गर्नेहरुको भीड लाग्छ । आमालाई उपहार र मिठा खानेकुरा दिने प्रचलन रहेकाले गिफ्ट सेन्टर तथा मिठाइ पसलहरुमा विहानै देखि भिड लागेको छ । 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments