कतारविरुद्ध नेपाल नौ विकेटले विजयी

Tika | 04:45 | 0 comments

 मलेसियामा भइरहेको एसिसी अन्डर १९ इलिट कपमा नेपालले कतारलाई नौ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको कतारलाई नेपालले ३६.३ ओभरमै ९३ रनमा अल आउट गरेको थियो। कतारलाई सस्तैमा समेट्न अविनाश कर्ण एक्लैले चार विकेट लिएका थिए।
त्यसैगरी सुशान्त भारीले दुई र भुवन कार्की र निश्चल पाण्डेले एक-एक विकेट लिए। 
विजयका लागि आवश्यक ९४ रन नेपालले मात्र १ विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गर्‍यो। ११ चौका र एक छक्कासहित प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ७० रन बनाए। उनको जोडी निश्चल पाण्डे भने १२ रनमा आउट भए। पाण्डेपछि अमितलाई हरिशंकर शाहले साथ दिए। 
नेपालले शुक्रबार पहिलो खेलमा कुवेतलाई ८४ रनले हराएको थियो। दुवै खेलमा विजय र राम्रो रनरेटका साथ नेपाल समूह बीको शीर्ष स्थानमा रहेको छ। दुवै खेल जितेको आयोजक मलेसिया रनरेटका आधारमा नेपालभन्दा पछि छ।

भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments