हनुमानढोकाको ढुकुटीमा ४० करोडको चाँदी भेटियो (भिडियोसहित)
संस्कृति तथा पर्यटनमन्त्री रामकुमार श्रेष्ठको उपस्थितिमा तौलिएको चाँदीको मूल्य ४० करोड रुपैयाँ भन्दा वढी हुने जनाइएको छ । ढुकुटीभित्र पाइएका चाँदीमा बेलायतमा निर्मित ४९ वटा शुद्ध चाँदीका इट्टा समेत छन् । बेलायतमा निर्मित ती इट्टा ३३ किलो सम्मका छन् । आज ६७ थान चाँदीका इट्टाहरु नापतौल गरिएको हो ।
चाँदीको तौल लिइएपछि मन्त्री श्रेष्ठले अरबौं रुपैयाँका ऐतिहासिक सामग्रीको सुरक्षाका लागि सम्पूर्ण ब्यवस्था मिलाइएको हामीलाई जानकारी दिए ।
सातामा चार दिन हनुमानढोकाभित्र रहेका ऐतिहासिक सामाग्रीहरुको लगत मूल्यङ्कन गरिने हनुमान ढोका दरवार संरक्षण समितिले जनाएको छ ।
ढुकुटीभित्र रहेका ७ वटा सेफ, १५ वटा फलामका कन्टिनर गरी जम्मा ४४ थान विभिन्न बाकसहरु खोल्न बाँकी छ । यसअघि विक्रम सम्वत १९७० र २०१५ सालमा हनुमानढोकामा रहेको ढुकुटी खोलिएको थियो ।

Category: TV Show
0 comments