चलचित्र वा टेलिभिजन कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन गरेका दृश्य राख्नै नपाईने
ऐनमा कुनै पनि चलचित्र वा टेलिभिजन कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन गरेका दृश्य राख्नै नपाईने व्यवस्था गरेको खबर नयाँ पत्रिकाले छापेको छ । अटेरी गरी कसैले राखे र प्रर्दशन तथा प्रचार गरे एक लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ ।
स्वास्थ्य सचिव डा. प्रविन मिश्रले भने -’कथाले मागेको भन्दै धुम्रपान तथा सुर्ती सेवन गरेकेा दृश्य राख्ने छुट छैन ।’
तर चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले भने धुम्रपानका दृश्य राख्छौं, तर नकारात्मक रुपमा प्रस्तुत गरी सेवनकर्तालाई निरुत्साहित पाछौं भनेका छन् ।
Category: News
0 comments