विजय आवाजलाई ज्यान लिने धम्की दिएकी नायिका सुमिना घिमिरेले बोली फिर्ता

Tika | 16:58 | 0 comments

केही समयअघि चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य विजय आवाज सुवेदीलाई ज्यान लिने किसिमको धम्की दिएकी नायिका सुमिना घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै बोली फिर्ता लिएकी छन् ।



समाचार लेखेको आधारमा पत्रकार आवाजलाई नायिका घिमिरेले धम्की दिएपछि उनको चौतर्फी विरोध भएको थियो । सुमिनाले विज्ञप्तिमा आवाज र आफूबीच भएको टेलिफोन संवादमा आफूबाट व्यक्त भएका भनाइ नियतवश नभई आवेशमा भएकाले फिर्ता लिएको जनाएकी छन् ।

उनले शब्द मानवीय स्वभाववश आवेश र भावनामा बगेर व्यक्त भएकाले धम्कीका रूपमा नबुझिदिन अनुरोध गरेकी छन् । चलचित्र पत्रकार संघ र नेपाल पत्रकार महासंघलाई बोदार्थ गरी लेखिएको विज्ञप्तिमा घिमिरेले नेपाली पत्रकारिता जगतप्रति आफ्नो सदैव उच्च विश्वास रहेको समेत जनाएकी छन् ।

यसैबीच संघले पनि नायिकाको भनाइलाई स्वागत गर्दै आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकारबीच सुमधुरसम्बन्ध रहने तथा सबैले पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास लिएको संघका महासचिव लक्ष्मण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला !
_____________________________

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments