इन्धन सकिएपछी व्यस्त सडकमा हेलिकप्टर खस्यो

Tika | 05:05 | 0 comments

२६ बैशाख, एजेन्सी । अमेरिकाको व्यस्त सडकमा एक हेलिकप्टर दुर्घटना भएको छ । अमेरिकाको होलोलुलु सडकमा भएको उक्त दुर्घटमामा एक जना घाइते भएको बताइएको छ । 


हेलिकप्टरमा रहेको एक जना सामान्य घाइते भएका छन् अन्य सबै यात्रु तथा चालकदलका सदस्यलाई कुनै चोट लागेको छैन् । फोटोग्राफीका लागि उडेको विमान इन्धनको समस्याका कारण दुर्घटनामा परेको बताइएको छ । बुधबार दिउँसो व्यस्त सडकमा दुर्घटना भएपनि त्यसले कसैलाई क्षति नपुर्याएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 
उक्त हेलिकप्टर अग्नी नियन्त्रण कार्यालय नजिकै दुर्घटना भएको र केही बेरमा नै अग्नी नियन्त्रकहरु त्यहाँ पुगेको र अली अलि लागेको आगो निभाएको बताइएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments