हेर्नुस !!!नेपालमा पहिला उँट ल्याउदा के भयो
१४ जेठ, चितवन । सौराहामा उही हात्ती चढ्ने, डुँगा चढ्ने अनि थारु संस्कृति अवलोकन गर्ने । सँधै उही । पर्यटकलाई लोभ्याउने नयाँ केही गर्ने सोचमा थिए व्यवसायी केशब खनाल । पाँच बर्षअघि २०६५ असोजमा उनले भातरबाट दुइटा उँट सौराहा भित्र्याए । पर्यटकलाई नयाँ स्वाद दिन ल्याएका उँट नै उनका लागि अभिषाप भयो । कारण हो-सौराहामा पानी परेन ।
उँट मरुभूमिमा बस्ने जन्तु हो । यसको बासोबासका कारण नै मरुभूमि त्यति साह्रो उराठलाग्दो र सुख्खा हुन्छ भन्ने पुरानो सोच कायर्म छ । एकजोडी उँट छिरेकै साल असोजदेखि जेठसम्मै पानी नपरेपछि खनाललाई टोकसो गर्नेहरु बढे । उनीहरु उँटकै कारण खडेरी परेको ठान्थे । ‘त्यो आठ महिना साह्रै्र तनाव झेल्नुपर्यो,’ खनालले सुनाए, ‘जता गए पनि मलाई नै गाली गरेको सुनियो ।’
सौराहामा नितान्त नयाँ र अग्लो जन्तुदेखेपछि अलि दिन त हेर्नेको घुइचो लागेको थियो । तर, जब खडेरी लम्बियो, त्यसलाई बताउन मुस्किल पर्यो । ‘कतिपय त ढुंगामुढा नै गरे,’ खनालले भने, ‘लुकाएर राख्नै मुस्किल ।’
भारतको छप्राह जिल्लामा आफै पुगेर खनालले ४ लाख रुपैयाँ दुई उँट किनेर ल्याएका थिए । उनले सुरुमा एकजना १५ मिनेट चढेबापत ८० रुपैयाँ लिएर पर्यटक घुमाउन थालेको कारोबार दैनिकमा खबर छ । पर्यटक पनि खुबै झुम्मिए ।
पछि गाउँलेले घरमै आएर खनाल र उँटलाई ढुंगा मुढा गर्नथालेपछि उनले उँट पोखरा लैजाने निर्णय सुनाए । त्यसपछि घरमै एउटा गोठमा पालले छोपेर राखे । पछि पानी आएपछि उनले गोठबाट उँट निकालेर घुमाउन थाले उनलाई गाली गर्ने पनि चुप रहे भने पानी पनि नियमित पर्न थाल्यो ।
Category: Wonders
0 comments