केटा पक्षले दाइजोमा मोटरसाइकल माग्दा ३५ हजार जरिवाना

Tika | 10:21 | 0 comments

तनहुँ - विवाहका लागि टीका लगाउन आएका केटा पक्षले केटीपक्षसँग दाइजो माग्दा उल्टै जरिवाना तिरेर फर्किएका छन्। लमजुङको चण्डिस्थानमा विवाहका लागि टीका लगाउन गएका बेहुला पक्षले बेहुलीपक्षसँग दाइजोमा मोटरसाइकल माग्दा कुरा नमिलेपछि ३५ हजार जरिवाना तिरेर फर्किएका हुन् । टीका लगाउन बेहुलीको घरमा पुगेका लमजुङ चिती-६ कार्कीडाँडाका दीपेन्द्र सिलवाल र उनका दाजु सुरेन्द्र सिलवालले विवाहमा दाइजो वापत मोटरसाइकल मागेपछि केटीपक्षले दाइजो दिन अस्वीकार गरेका थिए । बेहुला पक्षले दाइजोमा मोटरसाइकल मागेपछि आफूहरुले दिन नमानेको र टीका नलगाई फर्किएको बेहुलीका बाबुराम बहादुर भण्डारीले बताए।
दाइजो प्रथा सामाजिक रुपमा कलंक हो दाईजोमा मोटरसाइकल दिन सक्दिन भनेर अडान लियौ।’ उनले भने, 'मोटर साइकल दिन नमानेपछि विवाह कार्यक्रमनै रद्द भयो।’ बेहुला पक्ष शनिवार बेहुली हेर्न चण्डीस्थान ३ स्थित बेहुलीको घर पुगेको थियो। 


केटापक्षले दाइजोमा मोटरसाइकल नदिए विवाह नगर्ने धम्की दिएपछि आफूले छोरीलाई दिन नसकेको भण्डारीले बताए। उनले भने, 'एकातिर दाइजो प्रथा सामाजिक रुपमा कलंक र दिन सक्ने आर्थिक स्थिति पनि छैन भने, तर, उनीहरु मानेनन्।'
दाइजोको विषयलाई लिएर केटा पक्षले विवाह गर्न अस्वीकार गरेपछि दुवै पक्षबीच केही समय झगडा समेत भएको थियो। झगडाको क्रममा हात भाँचिएपछि केटाका दाजु सुरेन्द्र सिलवाललाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। झगडापछि विवाहको टीका लगाउन जाँदा दाइजो मागेका दीपेन्द्र सिलवाललाई प्रहरीले नियन्त्रण लिएर आइन्दा दाइजोको दाबी गर्दै त्यस्तो क्रियाकलाप गर्दिन भन्दै माफि मागेपछि छोडेको छ।
दाइजोको कारण विवाहको टीका लगाउने कार्यक्रम रद्ध गरेको भन्दै केटा पक्षलाई स्थानीय आमा समूहले ३५ हजार रुपैयाँ जरिवाना तिराएको थियो। सो रकम सामाजिक काममा लगाउने आमा समूहले निर्णय गरेको छ।

भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments