दुईजनाको ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा (भिडीयो हेर्नुस )

Tika | 00:37 | 0 comments

चितवनपश्चिम चितवनको गीतानगर गाविस४ देवनगरमा दुईजनाको ज्यान लिने नरभक्षी बाघलाई करिब तीन घण्टाको प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ।सो बाघले बिहीबार बिहान स्थानीय ७५ वर्षीय हनुमन्ते सार्की र गीतानगर गाविस१ उज्ज्वलनगरका ४० वर्षीय भीमबहादुर आले मगरलाई आक्रमण गरी मारेको थियो। सो क्रममा आलेलाई बचाउन खोज्दा स्थानीय ३० वर्षीय विकास न्यौपाने गम्भीर घाइते भएका छन्।

दिउँसो मात्र आइपुगेको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको निकुञ्जका रेन्जर बिष्णु थपलियाले बताए। यसअघि फागुन ७ गते सोही क्षेत्रमा अर्का एकजनालाई बाघले आक्रमण गरी मारेको थियो।

आज बिहान करिब सात घण्टाको फरकमा दुईजनालाई आक्रमण गरी बाघले मारेको हो।बिहान करिब साढे ४ बजेको समयमा घरभित्र सुतिरहेका सार्कीलाई बाघले घरभित्रबाटै तानेर लगेको थियो। हनुमन्तेलाई आक्रमण गरेको बाघ लखेट्ने क्रममा देवनगरका आलेमगरलाई भने विहान ११ बजे आक्रमण गरी मारेको दक्षिणकाली सामुदायिक वनका सदस्य शिव अधिकारीले जानकारी दिए। 

नौवटा हात्तीको सहयोगमा प्राविधिक टोलीले सो बाघलाई नियन्त्रणमा लिएको हो। सेतो कपडाले बाघलाई घेरा हाली नियन्त्रणमा लिइएको सो बाघलाई लठ्ठाएर नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ। रासस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments