सप्तरीको रुपनीमा झडप, चौध प्रदर्शनकारी नियन्त्रणमा
प्रहरीले अध्यक्ष झासहित विद्यार्थी मञ्चका केन्द्रीय सहअध्यक्ष किशोरकुमार यादव, केन्द्रीय सदस्य शम्भु यादव, सद्भावना पार्टीका जिल्ला सचिव हरेराम यादव, कोषाध्यक्ष शैलेशकुमार साह, युवा नेता दिनेश यादव, विद्यार्थी मञ्चका ध्रुव मण्डल, दुर्गा ईसर, रामचन्द्र यादवसहित १४ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा आफूहरुलाई निर्घात कुटपिट गरेको प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी मञ्चका केन्द्रीय सहअध्यक्ष किशोरकुमार यादवले जनाकारी दिए। विभिन्न माग राखेर सद्भावना पार्टीले आह्वान गरेको एक दिने बन्दका कारण आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ।
बन्दका कारण यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने पसल, उद्योगधन्दा बन्द छन्। बन्द सफल बनाउन उनीहरुले बिहानैदेखि झण्डासहित सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन्।
बन्दबाट भने विद्यालय तथा अन्य शैक्षिक संस्थामा कुनै असर परेको छैन। रासस
Category: News
0 comments