उध्रेकी चोली’की गायिकाले आइटम गीत नगाउने, आस्थालाई आमाले रोकिन्

Tika | 18:45 | 0 comments

गायिका इन्दिरा जोशीले चलचित्र ‘लुट’का लागि गाएको आइटम गीत ‘उध्रेको चोली’ले बजारमा व्यापाक चर्चा पाएपछि उनको पनि एक खालको स्थान सिने नगरीमा बनेको थियो । 
यस्तै ‘मायाज बार’को ‘माया यो माया’ बोलको गीत गाएपछि गायिका आस्था रावतले नयाँ परिचय पाइन् । तर आइटम गीतको दृश्य केही भद्दा र उत्तेजक हुँदै गएपछि यसको प्रत्यक्ष असर गीत गाउने गायिकालाई पनि परेको देखिएको छ

आइटम गीत गाएर चर्चामा आएका यि दुई गायिकाले अब यस्ता खालका गीत नगाउने बताएका छन् । एक चलचित्रको आइटम गीतका लागि अफर गर्दा यि दुइले विभिन्न बाहाना बनाएर नगाउने बताएका हुन् ।
चलचित्र ‘राहादानी’मा समावेश एक आइटम गीतका लागि दुई गायिकालाई अफर गर्दा दुबैले नाई भनेको संगीतकार चेतन सापकोटाले बताएका छन् । गायिका रावतले आमाले आइटम गीत नगाउनु भन्दै अब यस्ता गीतमा आवाज नदिने बताएकी हुन् । यस्तै इन्दिरा जोशीले आफू मेलोडी गायिका भएको भन्दै आइटम गीत नगाउने तर्क अघि सारेकी हुन् ।
यि दुइले अब देखि चलचित्रका लागि आइटम गीत नगाउने बताएका हुन् । दुबै गायिकाले नाई भनेपछि संगीतकार सापकोटाले गायिका दुर्गा खरेललाई आइटम गीतमा मौका दिएका छन् । आइटम गीतमा पछिल्लो समय दुर्गाको स्वर पनि चर्चित बन्दै गएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments