पूर्वराजा ज्ञानेन्द्रको परिवार आज सिंगापुर प्रस्थान ! (भिडियोसहित )

Tika | 18:10 | 0 comments

पूर्वरानी कोमल शाहको स्वास्थ्य परिक्षणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्रको परिवार आज सिंगापुर प्रस्थान गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बुहारी हिमानी शाह, छोरी प्रेरणा, ज्वाई राजबहादुर राणा, निजी सचिव, अर्दली, सुरक्षा गार्ड, डा.राजीव शाही लगायतका आफन्तहरु छन् । नारायाणहिटी हत्या काण्डका बेला गोलीको छर्रा लागेर घाइते हुनुभएकी पूर्व रानी कोमलको उपचारका लागि जान लागेको टोली एक महिनासम्म सिंगापुरमा बस्ने योजना रहेको छ । पूर्वरानीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले परिवारका अधिकांश सदस्यहरु सिंगापुर जान लागेको पारिवारिक स्रोतले जनाएको छ । पूर्व राजाको परिवार शुक्रबार दिउँसो २:५५ बजे काठमाडौं बाट सिल्क एयरमा सिंगापुर गएका छन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments