बलिउड नायक सैफ अलि खान ले ओभर टाइम गर्न थाले

Tika | 16:27 | 0 comments

नयाँ दिल्ली, मंसिर ५ - भर्खरै बिहे गरेका सैफअली खान अहिले ओभर टाइम काम गरिरहेका छन्। बिहेपछि हनिमुनको लागि समय निकाल्न नसकेका उनले ओभर टाइम काम गरेर पनि त्यसको प्रवन्ध गर्दैछन्। अहिले सैफ उनको फिल्म रेस २ मा ब्यस्त छन्। 'पोस्ट प्रोडक्सनमा सैफअली अहिले आफै मेहनत गरिरहेका छन्। उनले ब्रेकसमेत नलिइ काम गरिरहेका छन्,' उनी निकट सुत्रले बतायो। अवको एक सातामा उनले बाँकी रहेका कामहरु पनि पूरा गर्ने अपेक्षा गरिएको छ। यसअघि सैफले आफ्नो होम प्रोडक्सनका लागि यति धेरै मेहनत गरेका थिएनन्। 'कसैगरी पनि छिटो काम सक्ने मुडमा उनी छन्,' स्रोतले भन्यो। बलिउड हिरोइन करिना कपुरसँग गत महिना उनले बिहे गरेका थिए।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments