मुम्बईमा भवन भत्किएर ८ नेपालीको मृत्यु

npnews | 01:04 | 0 comments

१९ असार, मुम्बई । भारतको मुम्बई र त्यसको छिमेकी ठाणेमा भवन भत्किएर ८ नेपालीको मृत्यु भएको छ । मुम्बईमा ३ र ठाणेमा ५ को ज्यान गएको हो । पारिवारिक भेटघाटका लागि मुम्बई आएको एक परिवारका ३ सदस्यको मुम्बईको दहीसरमा ४ तले भवन भत्कँदा अघिल्लो शनिबार मृत्यु भएको हो । १२ दिन पुरानो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासमा अझै जानकारी पुगेको छैन् ।
मुम्बईमा कार्यरत स्थानीय नेपालीका अनुसार मृत्यु हुनेमा बावियाचौर ५, सुर्खेतकी अनुमानित ३५ बर्षकी नन्दकली सार्की, छोरी १० बर्षकी पवित्रा र बहिनी ज्वाइँ कैलालीका धनबहादुर भुल छन् । नन्दकली मुम्बईमा रहेका पनि माङ्ले र छोरा खुमानलाई भेट्न जाँदा ज्वाइँ (नन्दका श्रीमान्) को सहयोगमा पुगेकी थिई ।
घरबाट आएको २३ औं दिनमा उनीहरुको मृत्यु भएको कान्तिपुर दैनिकमा खबर छ । स्थानीयबासीका अनुसार उक्त भवन भत्काउन मुम्बई महानगरपालिकाले ३ बर्षदेखि आदेश दिएको थियो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments