माओवादीले कङ्ग्रेस नेता कुटेपछि दोलखामा तनाव
चरिकोट - एकीकृत नेकपा माओवादीका जिल्ला नेता विशाल खड्कासहितको टोलीले नेपाली कङ्ग्रेसको तरुण दलका नेता सानु शेर्पालाई कुटपिट गरेपछि दोलखा तनावग्रस्त बनेको छ।
माओवादीले चरिकोटको बसपार्कमा उनीमाथि रडले प्रहार गरेका थिए। घटनाको विरोध गर्दै नेपाली कङ्ग्रेसका कार्यकर्ताले माओवादी पार्टी कार्यालयमा आक्रमण प्रयास गरेका छन। उनीहरुको प्रयास रोक्न प्रहरी उत्रिएपछि ढुंगा हानाहान भएको छ।
कङ्ग्रेसका नेता कार्यकर्त अहिले माओवादी पार्टी कार्यालय अगाडि भेला भएका छन्। उनीहरुले दोषीलाई गिरफ्तार नगरेसम्म आन्दोलन गर्ने जनाएका छन्।
Category: News


0 comments