पूर्वराजा ज्ञानेन्द्र शाहमाथी ढुंगा अनि चप्पल प्रहार
तराईको भ्रमणका क्रममा सप्तरी पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणको विरोध गर्दै केही विद्यार्थीहरुले सोमबार ढुङगामुढा तथा चप्पल प्रहार
२८ जेठ, सप्तरी । पूर्व राजा ज्ञानेन्द्र अहिले पूर्वी तराईको भ्रमणमा छन् । पूर्वी तराईको भ्रमणका क्रममा सप्तरी पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणको विरोध गर्दै केही विद्यार्थीहरुले सोमबार ढुङगामुढा तथा चप्पल प्रहार गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र भ्रमण तथा भेटघाट कार्यक्रमका लागि आफु बसेको होटेल डिलक्स स्टारबाट निस्कने क्रममा ३ बजेतिर होटेलमा जम्मा भएका विद्यार्थीले चप्पल तथा ढुङगामुढा गरेका थिए । दर्जनको संख्यामा रहेका विद्यार्थीहरुले चर्को नारा जुलुश प्रदर्शनका साथै ढुङ्गामुढा र चप्पल हानेका हुन । तर, पछि प्रहरीले बल प्रयोग गर्दा सबै विद्यार्थीहरूको भागभाग भएको थियो ।
पूर्व राजा सहितको टोली उपर चप्पल प्रहार भएको घटनालाई प्रहरीले समेत पुष्टि गरेको छ । दोस्रो चरणको विरोधको जिम्मा वैद्य नेतृत्वको नेकपा–माआवोदी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मधुसुदन यादवले गरेका थिए । यादव नेतृत्वमा रहेका विद्यार्थीहरुले पूर्व राजाको टोलीमाथि ढुङ्गामुढा गर्दै विरोध प्रदर्शन गरेको प्रहरीले जनाएको छ । यस्तै, विरोध र बन्दका बीच उनले विभिन्न मन्दिरहरूमा पुजा आजाको काम भने सुचारू राखेका छन् । जिल्लाका प्रसिद्ध मन्दिरहरूमा पूजाआजा गर्ने र आफ्ना समर्थकहरूसँगको भेटघाट भने जारी नै छ भिडियोहेर्नुस ।
Category: News


0 comments