हेर्नुस ,नेपालमा युरोनियम खानी ! लाग्न थाल्यो विदेशीको आँखा

npnews | 22:21 | 0 comments

१९ जेठ, मकवानपुरको तीनभंगाले गाउँमा आजभोली विभिन्न बाहानामा घुम्न जाने मानिसहरुको संख्या बाक्लिन थालेको छ । चुरे क्षेत्रमा पर्ने उक्त ठाउँ अन्य क्षेत्रको भन्दा फरक भएपनि चारैतिर खहरे खोलाले घेरिएको ठाउँ घुम्न लायक त्यस्तो उल्लेख्य केही पनि छैन् । तर, मानिसहरु भने दलबलका साथ त्यहाँ पुग्ने गरेका छन् ।

तीन भंगालेमा डि्रल गर्ने, खाल्डो खन्ने अनि माटो लैजाने कार्य ३० बर्षदेखि अनवरत चलिरहेको छ। सुरुसुरुमा त्यसरी आउनेहरु गाउँलेलाई खानी पत्ता लगाउन आएको भन्थे । गाउँलेहरु पनि खासै वास्ता गर्दैनथे । तर, डेढ बर्षअघि आफूलाई विश्वविद्यालयको थेसिस गर्दैछु भनेर चिनाउने एउटा गाउँलेले पटकपटक पैसा दिई तीनभंगालेको कालोपानीबाट माटो बोकेर लग्यो । उसले त्यो माटो किन लग्यो, कहाँ लग्यो ? कसैलाई जानकारी छैन् । यस घटनापछि जान्नेबुझ्ने गाउँलेहरुले खोज्न थाले कि आखिर के छ त्यहाँ ? जहाँ एक किलो माटोको लागि त्यस युवकले १५ हजार रुपैयाँसम्म तिर्यो ? यस अपरिचित व्यक्तिले माटो लगेको तीनभंगालेको त्यही ठाउँ हो, जहाँ सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक आधिकारिक रुपमा युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो ।

युरेनियम भनेको सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ परमाणविक धार हुने यो धातुले लगातार उर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौं बर्षसम्म हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भणडरका बारेमा यकिन गर्न सकिन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य छट्टानमा युरेनियम पाइएको छ । बालुबासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments