कटि्रनालाई टक्कर देलिन् त कोमल वलीले ?

npnews | 03:22 | 0 comments

नायिका कटि्रना कैफको जस्तै देखिने गरी गायिकाबाट नायिका बनेकी कोमल वलीले कटि्रनालाई टक्कर देलिन् त ?

बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’को पोष्टर र केही तस्बिर हेरेपछि धेरैलाई बलिउड चलचित्र ‘राजनीति’को याद आउँन सक्छ । नायिका कटि्रना कैफको जस्तै देखिने गरी गायिकाबाट नायिका बनेकी कोमल वलीले लगाएको पहिरनले पनि यस्तो भान दिलाउनु स्वभाविक नै हो ।
दिपक भट्टराई र दिपक सुवेदीको संयुक्त लगानीमा तयार भएको यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रले नेपाली राजनीतिको अवस्थालाई चित्रित गर्ने निर्देशक निरौलाले अनलाइनखबरलाई बताएका छन् ।
चलचित्रमा नायक राजेश हमाल, गायिका कोमल वली, दिपक सुवेदी, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा आफूले दर्शकहरुको बाँक्लो भिड जम्मा गरेको निर्देशकको दाबी छ । विरगञ्ज र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्रलाई दर्शकले निक्कै मनपराउने विश्वास निर्माणपक्षले गरेको छ ।
धेरैले बलिउड चलचित्र राजनीतिसँग मिल्न सक्ने अड्कल काटेपनि आफूले नेपाली परिवेशलाई नै चित्रित गरेको बताउँदै बसन्तले भने, नाम मिल्नु स्वभाविक नै हो तर बिषयवस्तु र प्रस्तुतीमा नेपालीपन झल्कन्छ ।’

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments