जिया खानको आत्महत्याको कारण खुल्दै

npnews | 03:00 | 0 comments


मुम्बई (एजेन्सीहरू), जेष्ठ २७ - बलिउड नायिका जिया खानले आत्महत्या गरेको तीनदिनपछि उनले लेखेको भनिएको सुसाइड नोट भेटिएको छ । जियाकी आमाले प्रहरीलाई त्यसको फोटोकपी उपलब्ध गराएकी छन् । आफ्नो छोरीले फिल्ममा काम पाएर आत्महत्या नभई प्रेमी भनिएका सुरज पन्चोलीको तनाव सहन नसकेर आत्महत्या गरेको भन्दै उनले यो नोट सार्वजनिक गरेकी हुन् । जियाले सुरजलाई सम्बोधन गरेर लेखेको नोटले केही रहस्योद्घाटनसमेत गरेको छ ।

६ पेज लामो सुसाइड नोटमा जियाले आफू गर्भवती भएर गर्भ फालेको, सुरजले आफूलाई समय नदिएको, वास्ता नगरेको जस्ता गुनासो गरेकी छन् । जियाले सुरजले बलात्कार गरेर गर्भ बसाएको तथ्यसमेत खोलेकी छन् । 'तिमीले जीवनमा रमाईलो गर्ने र केटीहरुलाई मात्रै महत्व दियौं', उनले लेखेकी छन्,'अब म कहिले नव्यूँझने गरी सुत्न चाहन्छु ।'
जियाले पत्रभर आफूले सुरजको लागि धेरै थोक गरेपछि उनले आफूलाई वास्ता नगरेको जसको कारण आफ्नो जीवन बर्बाद भएको उल्लेख गरेकी छन् । नोटमा उनले आफ्नो जीवन अन्त्य गर्ने कायर निर्णयको कारक सुरजलाई बताएकी छन् ।
'अब मैले बाँच्नुपर्ने कुनै कारण छैन् । म माया चाहन्थेँ । मैले तिम्रो लागि धेरैथोक गरेँ । म हाम्रो लागि काम गरिरहेको थिएँ । मेरो भविष्य बर्वाद भयो । मेरा खुशीहरु लुछिए । तिमीले मेरो मायालाई कहिल्यै महत्व दिएनौं । मलाई लत्यायौं । अब ममा कुनै साहस र हिम्मत बाँकी छैन् । मेरा सबै सीप र आकांक्षाहरु तिमीले लग्यौ । तिमीले मेरो जीवन बर्बाद बनायौं', उनले लेखेकी छन् ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments