जियाको आत्महत्या प्रकरणमा सुरजलाई किन छोड्न मानेन प्रहरीले हेर्नुस !!!

npnews | 05:42 | 0 comments

सुरजले जियालाई बारम्बार मानसिक तथा शारीरिक यातना दिने गरेको र गर्भपतनपछी निकै मानसिक यातना समेत भोग्नु परेका कारण जिया आत्महत्या गरेको भन्दै यसरी प्रहरीले सुरजलाई छोड्न नमिल्ने



बलिउड नायिका जिया खानको आत्महत्या प्रकरणका मुख्य आरोपी सुरज पञ्चोलीको बेल आग्रहलाई अदालतले अस्विकृत गरिदिएको छ । सुरजमाथी दायर गरिएको मुद्धामा जियाको गर्भपतन गराएपछि जिया निकै निराश भएकी थिइन् र सुरजले बारम्बार मानसिक तथा शारीरिक रूपमा यातना दिने गरेको बताइएको छ । 
सुरजको यातनाका कारण नै जिया आत्महत्या गर्न बाध्य भएको भन्दै अदालतले सुरजको बेलको आग्रहलाई खारेज गरेको हो । सुरजलाई जियाको आत्महत्या प्रकरणमा गत जुन १० गते पक्राउ गरिएको थियो । जियाको आत्महत्यापछी प्रहरीले गरेको अनुसन्धानमा प्राप्त जियाको आत्महत्या नोटबाट सुरजलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । 
प्रहरीले सुरजले जियालाई बारम्बार मानसिक तथा शारीरिक यातना दिने गरेको र गर्भपतनपछी निकै मानसिक यातना समेत भोग्नु परेका कारण जिया आत्महत्या गरेको भन्दै सुरजलाई छोड्न नमिल्ने बताएको छ । nepaliheadlines

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments