ट्याक्टरलाई साइड दिने क्रममा बस दुर्घटना हुँदा १५ जना घाइते

npnews | 10:00 | 0 comments



बारा - बारामा आज बिहान बस पल्टेपछि १५ जना यात्री घाइते भएका छन्। बाराको जैतापुरबाट सदरमुकाम कलैया हिँडेको ना३ख ५७४६ नम्वरको बस मानवत मटिअर्वा सडकखण्डको उत्तरझिटकैया-४ मा ट्याक्टरलाई साइड दिने क्रममा बिहान १० बजे पल्टिएको हो। घाइतेहरुलाई तत्कालै स्थानीय र सुरक्षाकर्मीहरुले उद्धार गर्दा घाइतेहरु सुरक्षित साथ अस्पताल पुग्न सफल भएका हुन्।घाइते मध्ये वीरगञ्ज मुर्लीका इस्लाम मियाँको अवस्था गम्भीर रहेको कुरा बारा प्रहरीले जनाएको छ भने घाइतेहरुको कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
बसका चालक श्रवण विकलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments