सलमान र रणवीरसँग रोमान्स गर्ने सनीको इच्छा

npnews | 17:07 | 0 comments

हेर्नुस ,पोर्न स्टार सनी लियोन बलिउड अभिनेत्री बनेपछि उनले के भनिन? सलमान र रणवीरसँग ....

काठमाडौं, चैत ११ । इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोन बलिउड अभिनेत्री बनेपछि निरन्तर चर्चामा छिन् । सनी यतिबेला बलिउडमा जम्न आफ्नो पोर्न स्टारको ‘पूर्व’ छविलाई बदल्ने हरसम्भव कोशिस गरिरहेकी छिन् ।
<br>
बलिउडको नयाँ फिल्म ‘शुट आउट एट वडाला’मा आइटम नृत्य गरेर चर्चामा रहेकी सनीले बलिउड नायकहरु सलमान खान र रणवीर कपुरसँग रोमान्स गर्ने इच्छा व्यक्त गरेकी छिन् । सनीले बलिउडका चर्चित यी दुई नायकसँग पर्दामा रोमान्स गर्ने इच्छा व्यक्त गरेकी हुन् ।

सनीले भारतीय सञ्चारकर्मीहरुसँगको कुराकानीमा सलमान र रणवीर जस्ता कोही बलिउड स्टारहरुसँग काम गर्ने इच्छा व्यक्त गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
<br>
एक प्रसंगमा सनीले सलमानको फिल्म ‘बडिगार्ड’ राम्रो लागेको प्रतिक्रिया दिएकी जनाइएको छ । सनीले कुनै पनि किसिमको फिल्ममा आफूले राम्रो भूमिका निर्वाह गर्न चाहेको पनि बताएकी जनाइएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments