बेलायती राजकुमार विलियमका पूर्वज भारतीय भएको प्रमाणित !
बेलायती राजकुमार विलियमका पूर्वज भारतीय भएको भन्दै डीएनए विश्लेषणले कसरी प्रमाणित गर्यो तल हेर्नुस !!!!
बेलायती राजकुमार विलियमका पूर्वज भारतीय भएको हालै भएको एक डीएनए विश्लेषणले प्रमाणित गरेको छ । ड्यूक अफ क्याम्ब्रिज विलियमको नातेदारको ¥यालको नमुनाको डीएनए परीक्षण गरिएको थियो । परिक्षणबाट ३० वर्षीय विलियम र उनकी आमा राजकुमारी डायनातर्फको पुरानो पुस्तामा काम गर्ने घरेलु नोकरको बीचमा सिधा रक्त सम्वन्ध देखिएको छ । यो उनको एक मात्र गैर–यूरोपीय डीएनए हो ।
यसको अर्थ विलियमको भारतको सीधा अनुवांशिक सम्वन्ध छ । शोधकर्ताले विलियमको हजुरआमाको हजुरआमा अर्थात ६ पीढि पहिलेबाट चल्दै आएको वंशावलीबारे जानकारी लिएका छन् । विलियमको हजुरबुबाका हजुरबुबा थियोडोर फोब्र्स स्कटिस व्यवसायी थिए र भारतको तटीय इलाका सूरत, गुजरातमा बसेर ईस्ट इण्डिया कम्पनीका लागि काम गर्थे ।
एलिजा केवार्क उनको घरेलु सहायकको रुपमा काम गर्थिन । एलिजाको माइटोकांड्रियल एडीनए उनको छोरीको नातिनी हुँदै सिधै राजकुमारी डायनासम्म पुग्यो र राजकुमार डायनाका छोरा विलियम र ह्यारीसम्म ।
डीएनए परीक्षण गर्ने कम्पनी ब्रिटेन्स–डीएनएको विज्ञप्तिमा भनिएको छ–‘हामीले एकत्रित गरेको सबै तथ्यले के संकेत गर्छ भने उनी आफ्नो आमाको तर्फबाट भारतीय मूलका थिए ।’ ब्रिटेन्स–डीएनएका अनुसार एलिजा केवार्कको पहिचान भएको एमटी डीएनए विलियम र हयारीका सन्तानमा भने हुने छैन किनकी यो केबल बच्चाको आमाबाट मात्र आउँछ ।–एजेन्सीको सहयोगमा


0 comments