दार्चुलामा प्रहरी र तस्करवीच भिडन्त

npnews | 00:49 | 0 comments

दार्चुला, जेष्ठ १८ । दार्चुलाको सुनसेरा राप्ला गाविसको तुसारपानीमा गएराति प्रहरी र तस्करीबीच भिडन्त हुदा चार जना तस्कर र दुई जना प्रहरी घाईते भएका छन् । तस्करहरुबाट ठूलो मात्रामा बाघको छाला, बाघको टाउको, हात्तीको दात, कस्तुरीको बिना र सालकको खपटा बरामद गर्न प्रहरी सफल भएको छ ।

 प्रहरीले एक जना घाईते सहित चार जना तस्करलाई समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक कुवेर कडायतका अनुसार तस्करहरुबाट ६ वटा बाघको छाला, बाघको टाउको एक थान, हात्तीका दुर्इं वटा दात, कस्तुरीको पाँच वटा बिना र ठूलो मात्रामा सालकको खपटा बरामद गरेको छ । 

प्रहरीको गोली लागी घाईते भएका जुम्लाको खगालका छवाङ डुन्डुप तामाङ, दार्चुलाको सुनसेराका थोले धामी, गगनसिंह धामी, कुशल धामीलाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।सुनसेराबाट राप्लातर्फ जादै गरेका तस्कर र प्रहरीबीच तुसारपानीको पुलमा राति साढे १० बजेदेखि ११ बजेसम्म भिडन्त भएको थियो,पुरा बिवरण तल हेर्नुस ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments