नेकपा -माओवादीद्वारा बोर्डिङ स्कुल कब्जा

npnews | 02:40 | 0 comments

संखुवासभा, जेष्ठ ४ - नेकपा-माआवादीका कार्यकर्ताले संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कूल कब्जा गरेको घोषणा गरेका छन् ।

पहिलो पटक बोर्डिङ नै कब्जा गरेको घोषणा गरेपछि करीब ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । बोर्डिङ ३ दशक अघि स्थापना भएको हो । माओवादीले शनिबार जारी गरेको विज्ञप्तीमा स्कूलको सम्पूर्ण संरचना, जग्गाजमिन कब्जा गरेको उल्लेख गरिएको छ ।

बोर्डिङबाट प्राप्त आम्दानी अमेरिका लगेको आरोप माओवादीले लगाएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीको शुल्क अत्याधिक बढाएको र शिक्षकहरुमाथि श्रम शोषण गरिरहेको माओवादीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

बोर्डिङ संचालक नारायण श्रेष्ठ केही बर्ष यता अमेरिका बस्दै आएका छन् । उनले अमेरिकाबाट मिलाएको छात्रबृत्तिमामात्रै झण्डै १ सय ५० जना विद्यार्थी निशुल्क अध्यायन गर्दै आएका छन् ।

सूर्यमा नर्सरीदेखि कक्षा १० सम्म पढाईहुने गरेको छ । बोर्डिङ कब्जा गरेको घोषणा भएपनि माओवादीले झण्डा भने गाडेका छैनन् । कब्जा गरिएको बोर्डिङमा करीब १० करोड रुपैयाँ लगानी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले कब्जा गरिएको जग्गा छुटाउन पहल गर्ने बताए ।

नेकपा-माओबादीले कव्जा गरेको संखुवासभा सदरमुकाम स्थित सूर्य बोर्डिङ स्कूल । तस्विर-दीपेन्द्र शाक्य/ईकान्तिपुर

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments