काठमाडौंमा सडकमै खोलो बग्नेगरी भिषण वर्षा (भिडियोसहित)

npnews | 12:39 | 0 comments

काठमाडौं, जेष्ठ ९ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहीबार भीषण वर्षा भएको छ । अपरान्ह ४ बजेदेखि सुरु भएको मुसलधारे वर्षाको मापन साँझ ८ बजेसम्म १ सय ७ मिलिमिटर गरिएको छ । लगातारको मुशलधारे बर्षाका कारण राजधानीको जनजीवन अस्तब्यस्त बनेको छ । 

राजधानीका सडकहरु पूरै जलमग्न भएका छन् भने कैयौं घरहरुमा समेत भल पसेको छ । सडक पूरै जलमग्न हुँदा ट्राफिक व्यवस्थापन समेत अस्तब्यस्त भएको छ भने पैदल यात्रुलाई समेत निकै मुश्किल भएको छ । 

बर्षाले बानेश्वर, कालिकास्थान, वुद्ध नगर, कोटेश्वर लगायतका स्थानका थुप्रै घरमा भलपानी पसेको छ । ती क्षेत्रहरुमा उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गर्नुपरेको छ । 

राजधानीका ठमेल, जमल, पुतलीसडक, कमलादी, त्रिपुरेश्वर, मैतीदेवी, नक्साल, सामाखुशी लगायतका स्थान पूरै जलमग्न बनेका छन् । लगातार बर्षा हुँदा राजधानीका नदीहरुमा पानीको सतह ह्वात्तै बढेको छ । 

उता, बर्षाकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रि उडान प्रभावित भएका छन् । प्रतिकुल मौसमका कारण कतार एयरवेजको विमान अवतरण गर्न नसकी भारतको लखनऊ पठाइएको थियो भने युनाइटेड बंगलादेशको विमान बंगलादेश नै फर्किएको थियो । 

बर्षाकै कारण आन्तरिक हवाई सेवा पनि प्रभावित भएको विमानस्थलले जनाएको छ । गत सोमबार पनि बर्षाका कारण एक घण्टा विमानस्थल बन्द भएको थियो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments