८० वर्षीय जापानी बुढालाई पछार्न ८१ वर्षीय शेरचन सगरमाथा चढ्दै
११ जेठ, काठमाडौ । जापानका ८० वर्षीय युचिरो मिउराले राखेको रेकर्ड तोड्ने सुरमा रहेका नेपालका जेष्ठ सगरमाथा आरोही मिनबहादुर शेरचन सरकारी सहयोगपछी बल्ल सगरमाथा शिखरतिर जाने तयारीमा लागेका छन् ।
८० वर्षीय जापानी नागरिक युचिरोले राखेको सबैभन्दा बृद्ध सगरमाथा आरोहीको रेकर्ड तोड्ने सुरमा रहेका शेरचन युचिरोसँगै सगरमाथातर्फ जाने तयारी गरेपनि पैसा अभावका कारण उनी क्याम्पनै रहेका थिए ।
बिहीबार बसेको अन्तरिम मन्त्रिपरिषद बैठकले ८१ वर्षीय शेरचनको रोयल्टी मिनाहासँगै १० लाख सहयोग गर्ने भएपछि आरोही शेरचन आधार शिविरबाट माथि चढ्ने तरखरमा जुटेका हुन् ।
नेपाल सरकारले शेरचनको आरोहणको जिम्मा लिएको कम्पनी अल्पाइन एभरेष्ट गाइड्स नेपाललाई सरगमाथा चढ्नका लागि १० लाख सहयोग दिनुका साथै रोयल्टीमा लाग्ने ७० हजार अमेरिक डलर छुट दिएको हो । यससँगै अब ८२ वर्षीय शेरचनले सगरमाथा चढ्ने भएका छन् । उनले यदी सगरमाथा शिखर चुम्न सके विश्वकै सबैभन्दा बृद्ध सगरमाथा आरोहीका रूपमा रेकर्ड कायम गर्नेछन् ।
करिब ५ वर्ष अगाडी जापानका युचिरोले ७५ वर्षको उमेरमा सगरमाथा चढेर सवै भन्दा बढि उमेरमा सगरमाथा चढेका थिए तर ७६ वर्षको उमेरमा सगरमाथा चढेका नेपालका मिन बहादुर शेरचनका कारण उनको नाममा विश्व किर्तिमान लेखिन सकेन ।
यसपटक पनि शेरचनकै कारण उनको नाम विश्व रेकर्डबाट हट्ने सम्भावना बढेको छ ।
Category: News


0 comments