विवाहिता महिला बलात्कृत

npnews | 17:26 | 0 comments

त्रिशूली(नुवाकोट) - जात्राबाट फर्किँदा चौघडाकी एक युवती बलात्कृत भएकी छन्। चौघडा–६ का ३० वर्षीय 'ज्याक' भनिने देवबहादुर राईले स्थानीय देवाली जात्राबाट फर्कँदै गर्दा गणेशस्थान गाविस बाह्रविसे भन्ने स्थानमा विवाहितालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

शनिबार अपराह्न भएको बलात्कार घटनाका पीडक राईलाई स्थानीयवासीले थलोमै समातेर प्रहरीलाई बुझाएका थिए।

राईलाई अदालतबाट आज छ दिनको म्याद लिएर जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments