पाँच डन फन्दामा,फँस्लान् कि बच्लान् ?भिडियो हेर्नुहोस !!!

npnews | 00:56 | 0 comments

गणेश लामाविरुद्ध पनि अवैध सम्पति थुपारेको अभियोगमा विशेष अदातलमा भर्खरै मुद्दा दर्ता भएको छ। कूल पाँच डनविरुद्ध मुद्दा दर्ता भयो….
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना ‘डन’विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभिषेक गिरी, परशुराम बस्नेत, चक्रे मिलन र दीपक मनाङेबिरुद्ध सरकारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गणेश लामाको मुद्दा भने अन्तिम समयमा आएर दर्ता भयो ।
शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि नभ्याएपछि आइतबार मुद्दा दर्ता गरिएको हो ।
अभिषेकसँग २ करोड ९४ लाख, परशुरामसँग ११ करोड ६१ लाख, चक्रेसँग ७ करोड ८ लाख र दीपकसँग १४ करोड ७३ लाख रुपैयाँबराबरको अवैध सम्पत्ति भएको भन्दै विभागले मुद्दा दायर गरेको हो । गणेश लामाको अवैध सम्पति २७ करोड १ लाख रहेको छ । अन्तिम समयमा आएर मुद्दा दर्ता आएर दर्ता भएका गणेश लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । उनी विजय गच्छदारसँग अत्यन्त नजिक छन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments