बालकको अपहरणपछि हत्याका दोषी ८ जनालाई ७८ वर्ष कैद सजाए !!

Tika | 08:02 | 0 comments

मंसिर २९ । बाँकेमा दुइ बर्षअघि दुई स्कुले बालकको अपहरण गरी हत्या गर्ने ८ दोषीहरुलाई बाँके जिल्ला अदालतले जनही ७८ बर्षको कैद सजाय सुनाएको छ । साथै अपहरण र हत्यामा सहयोग पु¥याउने प्रहरी हवल्दारलाई ४४ बर्षको कैद सुनाएको छ । २०६७ साल असोजमा नेपालगञ्जका स्कुले वालकद्वय कपिल द्विवेदी र लीलाधर भट्टको अपहरणपछि हत्या गरिएको थियो । बाँके जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको ईजलाशले आज मूख्य दोषी मेराज अहमद साई र उनका मतियारहरुलाई सर्वश्वसहित जनही ७८ बर्षको कैद सजाय सुनाएको हो । अदालतले प्रति वालक हत्या अभियोगमा २०–२० बर्ष, अपहरण तथा शरीर बन्धक अभियोगमा १५–१५ वर्ष र थप २–२ बर्ष गरी ७८–७८ बर्षको कैद गर्ने फैसला सुनाएको हो । यसरी कैद सजाय पाउनेहरुमा मेराज अहमद साइ, कैलाशकुमार गडरिया, राजीतराम कुर्मी, रामशोभित कुर्मी, नजिर खाँ, रज्जब अलि साई, इब्राहिम मनिहार र इन्साफ अलि रहेका छन् । अपहरण र हत्यामा सहयोग गरेको अभियोग लागेका प्रहरी हवल्दार शाकिर अलि बेहनालाई ४४ वर्षको कैद तोकिएको छ । यस्तै अभियुक्तहरुबाट पीडित परिवारलाई १–१ लाख र फिरौती बापतको १० लाख रुपैयाँ भराउन पनि अदालतले आदेश दिइएको छ । अभियुक्तहरुले बालक द्विवेदीको परिवारबाट १० लाख रुपैयाँ फिरौती समेत लिएका थिए । फिरौती बुझाउन मध्यस्थता गरेको आरोप लागेका मानव अधिकारकर्मी सीपी सिंहलाई अदालतले सफाई दिएको छ । सो हत्या काण्डका योजनाकार रामसुरेश बर्मा भने फरार रहेका छन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments