नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहीको निधन !

Tika | 05:13 | 0 comments

काठमाडौं,मंसिर २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान गणेश शाहीको शुक्रबार बिहान निधन भएको छ । उहाँको भारतको लखनउमा बिहान ५ ३० मा निधन भएको राष्ट्रिय टोलीका पूर्व कप्तान एलबी क्षेत्रीले जानकारी दिनुभयो । उहाँलाई कलेजो खराब भएका कारण लखनउ स्थित विवेकानन्द अस्पतालमा भर्ना गरिएको थियो । नेपालले सन् २००१ मा क्यानडामा भएको विश्वकप छनोट अन्तर्गत आइसिसी ट्रफीमा उहाँको कप्तानीमा प्रतिस्पर्धा गरेको थियो । शाहीले १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमा नेपालले सहभागिता जनाउँदादेखि राष्ट्रिय टोलीबाट खेल्न सुरु गर्नुभएको थियो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments