पाहुना बनेर वास बस्न आएका व्यक्तिहरुबाट लाखौँको धनमाल लुटपाट

npnews | 17:03 | 0 comments

२२ जेठ, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने सिङ्गा गाविसमा पाहुना बनेर वास बस्न आएका व्यक्तिहरुले कसरी  लाखौँको धनमाल लुटे तल हेर्नु होला।

सिङ्गा-१ अर्जेखोलाका रुद्रबहादुर खड्काको घरमा वास बस्न आएका नचिनेका व्यक्तिहरुले नगद र गहना लुटेर लगेका हुन् । रातको समयमा वास बसेका पाहुनाले बेहोस बनाई लुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार राति १० बजे खाना खाएर सुतेका खड्काले मङ्गलबार दिउँसो व्यूझिँदा घरमा भएको नगद र गहना नभएपछि तातोपानी प्रहरी चौकीमा खबर गरेका थिए ।
मङ्गलबार साँझमात्र यो घटना सार्वजनिक भएको थियो । रुद्रबहादुर र उनकी श्रीमतीमात्र बस्ने सो घरमा वास बस्ने निहुँमा आएका तीनजनाले लुटपात गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।
बाह्र तोला सुनका गहना र रु एक लाख नगद लुटिएको पीडितले बताएका छन् । साँझ सबैजनाले खाना खाएर सुतेपछि मङ्गलबार दिउँसोमात्र होसमा आएको खड्काले बताउनुभयो । उनीहरुले लठयाउने खानेकुरा खुवाएर बेहोस बनाई लुटपात गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
होस खुलेपछि मात्र वास बसेका व्यक्तिहरु नभएको, घरमा भएको गहना र नगद पनि हराएको थाहा पाएको पीडितले बताएका छन् । कालो वर्णका तीनजना युवा सो घरमा वास बसेका थिए ।
प्रहरी नायब उपरीक्षक मरासिनीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अनुसन्धानसँगै घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको प्रनाउ मरासिनीले बताउनुभयो । रासस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments