अभिनेत्री मनिषा कोइरालाले आफू क्यान्सरबाट पूर्ण रुपमा मुक्त

npnews | 04:07 | 0 comments




अभिनेत्री मनिषा कोइरालाले आफू क्यान्सरबाट पूर्ण रुपमा मुक्त भएको बताएकी छिन् । उनले अब आफू एकदम स्वस्थ्य भएको समेत जनाएकी छिन् ।


मनिषाले बुधबार आफ्नो फेसबुकमा आफू क्यान्सरबाट मुक्त भएको भनी उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले चिकित्सकबाट स्वस्थ्य भएको जानकारी पाएपछि यो कुरा सेयर गरेकी हुन् ।

४२ वर्षीया मनिषाले फेसबुकमा आफू अब क्यान्सरबाट मुक्त भएको भन्दै पहिलेकै अवस्थामा फर्किन भने केही समय लाग्ने उल्लेख गरेकी छिन् ।

मनिषाको केही समयअघि अमेरिकाको न्यूर्योकस्थित अस्पतालमा गर्भाशयको शल्यक्रिया गरिएको थियो । गर्भाशय क्यान्सरको शल्यक्रियापछि मनिषा न्यूर्योकमा नै रहेर किमोथेरापी गराउँदै आईरहेकी थिइन् 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments