चौध घरे दादा, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’

Tika | 06:32 | 0 comments

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य सिरियल ‘मेरी बास्सै’ चर्चामा छ । विशेषगरी सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) को अभिनय र फरक फरक गेटअपका कारण यो सिरियल चर्चामा छ ।
सितारामको विभिन्न खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि नयाँ लुक्समा देखिन थालेका छन् । उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ ।
केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका कारणले केदारको यो गेटअप र संवादलाई रुचाइएको छ ।
उनको गेटअपले निर्वाचन नजिकिदै जाँदा विभिन्न राजनीतिक दलले डनहरुलाई प्रयोग गर्ने शैलीलाई व्यङ्ग्य गर्न खोजेको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments