अमेरिकामा हुलाकीका लागि सबैभन्दा खतरनाक

npnews | 01:11 | 0 comments

चिठीपत्र पूराउने हुलाकीका लागि विश्वमा सबैभन्दा जोखिमपूर्ण सहर कुन होला रु विश्वकै जोखिमपूर्ण सहरको बारेमा त थाहा भएन तर अमेरिकामा हुलाकीका लागि सबैभन्दा खतरनाक सहर भने लस एन्जल्स हो अमेरिकी हुलाक सेवा कार्यालयका अनुसार लस एन्जल्स कुकुरको आक्रमणका कारण हुलाकीहरुका लागि सबैभन्दा जोखिमपूर्ण सहर बनेको छ । लगातार दोश्रो वर्ष सबैभन्दा जोखिमपूर्ण सहरको उपाधि उचालेको लस एन्जल्समा हुलाकीहरु बारम्बार कुकुरको टोकाइबाट प्रताडित हुने गरेका छन् ।

लस एन्जल्समा सन् २०१२ मा हुलाकीलाई कुकुरले टोकेका ६९ वटा घटना सार्वजनिक भए । जबकी वासिंटन, सन एन्टोनियो तथा सेयटल संयुक्त रुपमा दोश्रो स्थानमा रहे । ती सहरमा ४२(४२ जना हुलाकीलाई कुकुरले टोक्यो । तेश्रो स्थानमा रहेको सिकागोमा ४१ जना हुलाकी कुकुरको तारो बने । अमेरिकाभर गरेर अघिल्लो वर्ष हुलाकीलाई कुकुरले टोकेका ५ हजार ८ सय ७९ वटा घटना भएका बताइएको छ ।
अमेरिकी हुलाक सेवा कार्यालयकी प्रवक्ताले कुकुरपाल्ने घरधनीको लापरवाहीका कारण यस्ता घटना बढिरहेको बताइन् ।
भिडीयो हेर्नुस

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments